Logo
Logo

पुस २० भित्र उम्मेदवारको नाम सिफारिस गर्न जसपा नेपालको सर्कुलर


504
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ ।

संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस २० गते भित्र उम्मेदवारको नाम केन्द्रीय कार्यालय वा पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको संघीय संसदीय बोर्डमा पठाइसक्न मातहत समितिलाई सर्कुलर जारी गरेको हो ।

एक निर्वाचन क्षेत्रबाट कम्तिमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने सर्कुरलमा भनिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । जसअनुसार पुस १० गतेभित्र जिल्ला समितिमा र जिल्ला समितिले आवश्यक निर्णयका साथ पुस १५ गतेभित्र प्रदेश समितिमा उम्मेदवारहरुको नाम पठाइसक्नुपर्नेछ ।

प्रदेश समितिले जिल्ला समितिबाट प्राप्त नामावलीउपर निर्णय गरी पुस २० गतेभित्र केन्द्रीय कार्यालयमा पठाउनुपर्नेछ । प्रचार विभाग प्रमुख बस्नेतका अनुसार समानुपातिक तर्फ भने प्रत्येक जिल्लाबाट जिल्ला समितिले कम्तिमा ३ जना पुरूष र ३ जना महिला जातीय क्लष्टर अनुसार समावेशी हुने गरी प्रदेश समितिमा पुस १ गते भित्र पठाउनुपर्नेछ ।

प्रदेश समितिले समानुपातिक तर्फको नामावली माथि छलफल गरी आफ्नो राय सहित उम्मेदवारहरूको नाम सिफारिस गरी पुस ५ गते भित्र केन्द्रीय कार्यालय वा संसदीय बोर्डमा पठाइसक्नुपर्ने छ ।

कुनै कारणवस तोकिएको निर्धारित समयभित्र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष÷समानुपातिक तर्फका उम्मेदवारहरूको नाम केन्द्रीय कार्यालय वा संघीय संसदीय बोर्डलाई प्राप्त नभएमा वा हुन नसकेमा संसदीय बोर्डले नै उम्मेदवारको मनोनयन गरी कार्यान्वयन गर्न सक्ने बस्नेतको भनाइ छ ।

संघीय संसदीय बोर्डमा नाम पठाउदा निर्वाचन क्षेत्र समन्वय समिति, जिल्ला समिति र प्रदेश समितिले गरेका निर्णयहरू बैठकको निर्णय पुस्तिकाको प्रतिलिपि समेत संलग्न गरी पठाउनु पर्ने सर्कुलरमा भनिएको छ । उम्मेदवारहरूको अन्तिम निर्णय संघीय संसदीय बोर्डले नै गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्