
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य बैजनाथ चौधरीले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नवलपरासी पश्चिमका चौधरीले आफू आठौं महाधिवेशनदेखि लगातार तीन कार्यकाल केन्द्रीय सदस्य नर्वाचित भएकाले यसपटक सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
चौधरी पार्टी महासचिव शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा साढे तीन वर्ष भौतिक पुर्वाधार विकास मन्त्री थिए ।
चौधरी पार्टीलाई सामूहिक नेतृत्व र जनभावना अनुसार चलाउनुपर्ने मान्यता राख्दै आएका नेता हुन् । चौधरी एमाले उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् ।
जारी ११औं महाधिवेशनमा एमालेको नयाँ नेतृत्वमा सहमति नभए अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गर्ने तयारी गरेको छ ।











