Logo
Logo

निकै अफ्ठेरो अवस्था आएको छः आइसोलेसन र भेन्टिलेटर भरिएः स्वास्थ्य मन्त्रालय


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ असोज ।
कोरोना संक्रमण तिव्र गतिमा बढेपछि सरकारले नै अफ्ठेरो अवस्था आएको जनाएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अस्पतालहरु भरिएको बताए । उनले भने, ‘हाम्रो लागि धेरे अफ्ठेरो अवस्था आएको छ, आइसोलेसन र भेन्टिलेटरहरु भरिएका छन् । त्यसकारण सबै सतर्क हुनु होला ।’


शनिबार एकैदिन देशमा पाँच हजार ८ जना संक्रमित थपिएका छन् । डिस्चार्ज हुने क्रम पनि घटेकाले अफ्ठेरो अवस्था आएको मन्त्रालयले जनाएको छ । नेपालमा कुल संक्रमितको संख्या एक लाख ५ हजार ६ सय ४८ पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्