Logo
Logo

रहेनन् पूर्वमन्त्री आमदप्रसाद उपाध्याय


630
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन भएको छ । काठमाडौँको ह्याम्स अस्पतालमा शनिबार साँझ उपचारका क्रममा उनको निधन भएको हो ।

लामो समयदेखि मुखको क्यान्सर रोगबाट पीडित उपाध्यायको मृत्यु भएको कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले जानकारी दिए । उपाध्याय २०५६ सालमा शिक्षामन्त्री भएका थिए ।

पटकपटक कांग्रेसको केन्द्रीय सदस्य भएका उनी प्रतिनिधिसभा र राष्ट्रिय सभामा मोरङबाट प्रतिनिधित्व गरेर सांसद समेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्