Logo
Logo

संस्थापन पक्षको प्रस्ताव- १०औं महाधिवेशनको व्यवस्था नै यथावत् राखौँ


945
Shares


काठमाडौं । नेकपा एमालेका संस्थापन पक्षका नेताहरुले विधान संशोधनको प्रस्ताव अघि सारेका छन् ।

एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, विशाल भट्टराई लगायत अध्यक्ष केपी ओली पक्षका नेताहरुले १०औँ महाधिवेशनको विधानलाई नै कायम गरेर जानुपर्ने प्रस्ताव राखेका हुन् ।

नेता भट्टराईले १०औँ महाधिवेशनको विधानलाई नै कायम गरेर जानुपर्ने, आवश्यक परे अझ थपेर जाऔँ भन्दै विधान संशोधनको प्रस्ताव गरे । उनको प्रस्तावमा समर्थन जनाउँदै विशाल भट्टराईले पनि दसौँ महाधिवेशनकै व्यवस्था फेरि ब्युँताउन भनेका हुन् ।

उनले भने, ‘विधानको अहिलेको व्यवस्था बदलेर पदाधिकारी र केन्द्रीय सदस्य बढाऊँ । यो भनेको दसौँ महाधिवेशनको व्यवस्था यथावत् राख्ने भनेको हो ।’

प्रतिक्रिया दिनुहोस्