Logo
Logo

सञ्चालनमा आयो बिहानदेखि अवरुद्ध बीपी राजमार्ग


441
Shares

काठमाडौं । काभ्रेमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ ।
आज बिहान नमोबुद्ध–२ पातलेगाँउमा बसको ठक्करबाट ८२ वर्षीय पोतबहादुर कटुवालको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए ।

प्रशासन, यतायात व्यवसायी, मृतकका आफन्त र स्थानीय बीचमा जिल्ला प्रहरी कार्यालयमा वार्ता हुने सर्तमा मृतक कटुवालको शव उठाएर राजमार्ग सञ्चालनमा ल्याइएको काभ्रेका प्रहरी निरीक्षक बेदनारायण श्रेष्ठले जानकारी दिए ।

काभ्रे प्रहरीले बा प्र –०१–००६ ख ४८०८ नम्बरको अरनिको सुपर एक्प्रेस बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्