Logo
Logo

ट्रान्सपरेन्सी इन्टरनेशनलबाट महान्यायाधिवक्ता भण्डारी निलम्बित


1.4k
Shares

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशल नेपालले महान्याधिवक्ता सबिता भण्डारी बराललाई सदस्यबाट निलम्बन गरेको छ । भण्डारीलाई ट्रान्सपरेन्सी कार्यसमितिले साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो ।

उनी विवादमा मुछिएपछि राजीनामा गर्न दवाव दिइएको थियो । तर, उनले राजीनामा नदिएपपछि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

ट्रान्सपरेन्सीका एक सदस्यका अनुसार सार्वजनिक पदमा बसेको र उहाँमाथि प्रश्न उठ्न थालेपछि निलम्बन गरिएको हो । उहाँको पदलाई तत्काल स्थगनमा राखिएको ती सदस्यले बताए । महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सीमा साधारण सदस्य थिइन् ।

प्रतिक्रिया दिनुहोस्