काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनको बन्दसत्रमा अध्यक्षका दाबेदार ईश्वर पोेखरेलले फरक धारणाा राखिरहेका छन् ।

पोखरेलको अवधारणा बाँड्न चाहे बाँड्न दिने र बोल्न चाहे बोल्न दिने निर्णय गरिएको थियो । अवधारणा पेस नहुने निर्णय भए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले धारणा राखिसकेपछि अध्यक्षका प्रत्यासी पोखरेलले सम्बोधन गरेका हुन् ।
पोखरेलको सम्बोधनपछि केन्द्रीय कमिटी बैठकका निर्णय अनुमोदनसहित निर्वाचनसम्बन्धी कार्यतालिका पेस हुनेछ ।
आइतबार दिउँसो सुरु बन्दसत्रमा दुई हजार २६२ प्रतिनिधि सहभागी छन् । बन्दसत्रमा सर्वसम्मति नेतृत्व चयनका लागि प्रयास गरिने जनाइएको छ । सर्वसम्मति हुन नसके मंगलबार विद्युतीय भोटिङ मेसिनबाट मतदान हुने एमालेले जनाएको छ ।











