काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा खेल्ने भएका छन् । लामिछाने बीपीएलमा टोली राजशाही वारियर्समा अनुबन्धित भएका छन् ।

उनले राजशाही वारियर्सबाट खेल्नेछन् । उक्त टीमले लामिछानेलाई स्वागत गर्दै हिमालयन म्याजिक भनेको छ ।
बीपीएलमा पहिले अनुभव भएका लेग स्पिनर लामिछानेले यसअघि प्रतियोगितामा सिल्हेट सिक्सर्सको प्रतिनिधित्व गरेका थिए । आगामी संस्करणको बिपिएल आउँदो डिसेम्बर २६ बाट सुरु हुनेछ ।











