काठमाडौं । दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ ।

सरकारले वार्ता गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको नेतृत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरेको हो । समितिमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना सदस्य रहेका छन्।
वार्ता समिति गठन गरिएको विषयमा प्रधानमन्त्रीको स्वकीय सचिवालयले प्रसाईँलाई पनि पत्र पठाएको छ । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले पठाएको पत्रमा महाअभियानका तर्फबाट पनि वार्ताका लागि तीन जना प्रतिनिधि पठाउन अनुरोध गरिएको छ ।
यसअघि सरकारले प्रसाईँसँग मङ्सिर २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेको थियो । प्रसाईँले राखेका मागबारे छलफल गर्न पुस २ गते अर्को बैठक बस्ने सहमति भएको थियो ।











