Logo
Logo

तेह्रथुमबाट पनि गगन थापाको एकल नाम सिफारिस


756
Shares

विराटनगर । प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि तेह्रथुमबाट कांग्रेस उम्मेद्वारका रूपमा महामन्त्री गगन थापाको एकल नाम सिफारिस भएको छ।

जिल्ला सभापति अर्जुनबहादुर तुम्बाहांफेका अनुसार तेह्रथुमबाट महामन्त्री थापाको नाम सर्वसम्मत रूपमा सिफारिस भएको हो।

संविधानसभा सदस्य तुलसी सुब्बाको कारबाही फुकुवा नहुँदा चुनावमा उम्मेद्वार कसलाई बनाउने भन्ने छलफल भएको र त्यसक्रममा महामन्त्री थापाको नाम अगाडि आएको सभापति तुम्बाहांफेले बताए।

प्रतिनिधि सभाको एउटा निर्वाचन क्षेत्र रहेको तेह्रथुमबाट २०७९ को निर्वाचनमा कांग्रेसकै सीता गुरूङ निर्वाचित भएकी थिइन् । तेह्रथुमबाट समानुपातिकतर्फ सात जनाको नाम सिफारिस भएको छ।

कृष्णमान तुम्वाहांफे, डिल्लीराम नेपाल विजय सम्वाहाङफे, रूद्र कन्दङवा, बसन्ती सुव्वा गुरुङ, शारदा कोइराला, शनिषा भेटवालको नाम समानुपातिकका लागि सिफारिस भएको छ।

काठमाडौं ४ बाट चुनाव लड्दै आएका महामन्त्री थापाको नाम यसपटक काठमाडौं, रोल्पा, धनकुटा, सर्लाही लगायतका जिल्लाबाट पनि सिफारिस भएको छ।

प्रतिक्रिया दिनुहोस्