Logo
Logo

अस्ट्रेलियाको बन्डी बिचमा बाबु-छोराले चलाएका थिए गोली


945
Shares

एजेन्सी । सिड्नीको बन्डी बिचमा भएको गोलीकाण्डमा आक्रमणकारी बाबुछोरा रहेको खुलेको छ । हनुका पर्वको पहिलो दिन आइतबार एक कार्यक्रम चलिरहेको बेला दुई व्यक्तिले अन्धाधुन्ध गोली चलाएका थिए ।

उक्त आक्रमणमा एक १० वर्षीया बालिकासहित १५ जना मारिएका छन् । मृतकहरूको उमेर १० वर्षदेखि ८७ वर्षसम्म रहेको प्रहरीले बताएको छ ।

प्रहरी कमिश्नर माल ल्यायनले आक्रमणमा संलग्न दुई बन्दुकधारी ५० वर्षीय बाबु र उनका २४ वर्षीय छोरा रहेको जानकारी दिएका छन् । प्रहरीको गोली लागेर वृद्ध बन्दुकधारीको घटनास्थलमै मृत्यु भएको छ भने २४ वर्षीय छोराको अवस्था चिन्ताजनक रहेको छ ।

घटनामा ४२ जना घाइते भएका छन्, जसमध्ये घटनास्थलमा पुगेका केही प्रहरी अधिकारीहरू पनि छन् । घाइते सबैलाई उपचारका लागि अस्पताल लगिएको छ । प्रहरीका अनुसार ५० वर्षीय बन्दुकधारीसँग वैध हतियार इजाजतपत्र थियो र उनका नाममा छवटा हतियार दर्ता थिए ।

आक्रमणस्थल बन्डी बिचमा छवटा हतियार फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा ‘दुईवटा सक्रिय सुधारिएका विस्फोटक उपकरणहरू’ पनि भेटिएका थिए, जसलाई प्रहरीले निष्क्रिय पारिसकेको छ ।

सिड्नीको यहुदी समुदाय लक्षित उक्त आक्रमण पश्चात थप सुरक्षा र सहयोग प्रदान गर्न ३२८ अधिकारी परिचालन गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्