
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका प्रकाशित भएको छ ।
जसअनुसार आज बिहान ११ बजेसम्म महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन, दाबाविरोध हुनेछ भने ११ बजेपछि उम्मेदवारी दर्ता सुरू हुनेछ ।
आइतबार भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले पुरानै विधान ब्युँताएपछि एमालेमा अब केन्द्रीय कमिटी ३०१ सदस्यीय रहनेछ । त्यसका लागि पदाधिकारी तथा सदस्यहरु सबैले सहमतिबाट चयन नभए निर्वाचन लड्नुपर्ने हुन्छ ।
कहाँबाट कति जना हुनेछन् निर्वाचित?
१) पदाधिकारी (९ ) जना
अध्यक्ष १
उपाध्यक्ष ५
महासचिव १
उपमहासचिव ३
सचिव ९ जना
२) प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाटः ७२ जना
खुल्ला ५
महिला ३
युवा १
३) खुल्ला कोटा (१२५ ) जना
खुल्ला ७१
महिला ५२
युवा २
४) जनजाति/आदिवासी (२५) जना
आदिवासी–जनजाति
खुल्ला १५
महिला ८
युवा २
५) मधेसी (२०) जना
मधेसी
खुल्ला ११
महिला ६
युवा २
६) प्रवास (२) जना
भारत १
अन्य देश १
७) श्रमिक (३) जना
खुल्ला २
महिला १
८) अपाङ्गाता भएका ब्यक्ति (१) जना
खुल्ला १
९) दलित (१२) जना
खुल्ला ७
महिला ४
युवा १
१०) थारु (८) जना
खुल्ला ५
महिला ३
११) मुस्लिम (५) जना
खुल्ला ४
महिला १
१२) थारु (८) जना
खुल्ला ५
महिला ३
१३) पिछडिएको क्षेत्र (२) जना
खुल्ला १
महिला १











