Logo
Logo

ईश्वर प्यानलबाट सचिवमा भिड्दै यी नेता


4.9k
Shares

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा अन्ततः जारी ११ औं महाधिवेशनमासचिवमा चुनाव लड्ने भएका छन् ।

केही समययता अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा मत राखिरहेका उनी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्यानलबाट चुनाव लड्ने भएका हुन् ।

पोखरेल पक्षले तयार पारेको उम्मेदवार सूचीमा उनको नाम सचिव पदका लागि तय गरिएको छ । अन्य सचिवमा कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, विनोद ढकाल, रचना खड्का, इन्द्रलाल सापकोटा, ठाकुर गैरेलगायतलगायत उठाकुर गैरेलगायतम्मेदवार छन् ।

केपी शर्मा ओलीलाई अध्यक्ष पदमा टक्कर दिन लागेका पोखेरलको पक्षले केन्द्रीय समितिमा रहने ३०१ पदमै उम्मेदवार खडा गरेको हो ।

आइतबार राति अबेरसम्म र आज (सोमबार) बिहान बसेको बैठकले १९ पदाधिकारीसहित सबै पदका लागि उम्मेदवार टुंगो लगाएको पोखरेल समूहका एक नेताले जानकारी दिए ।

जसअनुसार अध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा सुरेन्द्र पाण्डे, तीन उपाध्यक्षमा बिन्दा पाण्डे, गोकर्ण विष्ट र परशु मेघी गुरुङले उम्मेदवारी दिँदै छन् । यस्तै उपमहासचिवका उम्मेदवारमध्ये एक योगेश भट्टराई हुन् ।

प्रतिक्रिया दिनुहोस्