काठमाडौं । नेपाली बजारमा सुनको मुल्य निरन्तर बढिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको १९ सयले बढेर तोलाको २ लाख ६० हजार ७ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

यसअघि आइतबार सुन तोलाको २ लाख ५८ हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले बढेर ३८७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३८२५ मा कारोबार भएको थियो ।











