
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले ११औं महाधिवेशनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।
अध्यक्ष केपी शर्मा ओली समूहमा राखिएको केन्द्रीय सदस्यको उम्मेदवार सूचीमा राखिएपनि उनले उम्मेदवार बन्न अस्वीकार गरेका हुन् ।
ओली समूहले १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय समितिका उम्मेदवारको नाम टुङ्गो लगाएको थियो, जसमा खरेल केन्द्रीय समिति सदस्यको लिस्टमा छन् ।
तर, खरेलले आफू केन्द्रीय सदस्यमा नलड्ने घोषणा गरेका छन् । उनले आफू स्वतन्त्र सचिव पदमा उम्मेदवारी दिन लागेको बताए । खरेलले आफू कुनै अर्को समूह वा प्यानलबाट नभई नितान्त स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिने स्पष्ट पारे ।











