Logo
Logo

योजना आयोगको उपाध्यक्षमा प्रकाशकुमार श्रेष्ठ नियुक्त


945
Shares

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.प्रकाशकुमार श्रेष्ठ र सदस्यमा प्रा डा सुनिति श्रेष्ठ हाडालाई नियुक्त गरेको छ ।  

आजको बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।  

बैठकले प्रचलित कानुनमा व्यवस्था भएको अवस्थामा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय–टिकटका रूपमा हुलाक टिकट टाँस्ने प्रचलन हटाउने निर्णयसमेत गरेको उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्