Logo
Logo

सरकारको चालु खाता २ खर्ब ७९ अर्ब ६५ करोडले बचतमा


378
Shares

काठमाडौं । सरकारको चालु खाता २ खर्ब ७९ अर्ब ६५ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चार महिनाको देशको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा चालु खाता २ खर्ब ७९ अर्ब ६५ करोडले बचतमा रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ४७ अर्ब ७८ करोडले बचतमा रहेको थियो । 

The current image has no alternative text. The file name is: bank.gif

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ९९ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ६ अर्ब २१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब ४७ करोड रहेको थियो ।

यसैगरी, समीक्षा अवधिमा २ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ५ अर्ब ७६ करोड रहेको थियो ।

त्यस्तै समीक्षा अवधिमा शोधनान्तर स्थिति ३१८ अर्ब ४० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २०५ अर्ब ८३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २६ करोडले बचतमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्