Logo
Logo

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो


0
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको खुद्रा बिक्री मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य प्राप्त भएको जनाउँदै निगमले पेट्रोल प्रतिलिटरमा दुई रुपैयाँ मूल्य बढाएको हो ।

The current image has no alternative text. The file name is: petrole.gif

डिजेल र मट्टितेलमा भने प्रतिलिटरमा ४ रुपैयाँ घटाइएको छ । नयाँ समायोजन गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने छ ।

निगमले ढुवानी लागत अनुसार देशका विभिन्न भागलाई चार वर्ग कायम गरेर पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्