
काठमाडौं । अनेरास्ववियुका तत्कालीन महासचिव नरेश रोकाया नेकपा एमालेको केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् । ३२ वर्षे उमेर हदका कारण अनेरास्ववियुबाट बिदा रोकायाले भएका भृकुटीमण्डपमा जारी ११औँ राष्ट्रिय महाधिवेशनमा खुला युवा कलष्टरमा उम्मेदवारी दिएका थिए ।
दुई पदका लागि निर्धारण गरिएको उक्त कलष्टरमा रोकायासँगै सुशील कुमार थापाको मात्रै उम्मेदवारी परेका कारण दुवै जना निर्वारोध सदस्य चयन भएका हुन । बाजुराका रोकाया र दैलेखबाट प्रतिनिधित्व गर्ने थापाले अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उम्मेदवारी दिएका थिए । तर अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेल प्यानलबाट उक्त कलष्टरमा उम्मेदवारी नै नपरेपछि सर्वसम्मतको अवस्था बनेको हो ।
अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य रहेका थापा पार्टीको कर्णाली प्रदेश कमिटी सदस्य छन् भने २०७४ सालमा उनी प्रदेश सभा सदस्य समेत बनेका थिए । बाजुराका रोकाया भने अनेरास्ववियुका निवर्तमान महासचिव हुन् ।
अध्यक्षको दाबेदार रोकाया संगठनमा लगाइएको ३२ वर्षे उमेर हदका कारण अनेरास्ववियुबाट बिदा भएका थिए । तर, ३८ वर्षीय उनै रोकाया अहिले भने पार्टीको केन्द्रीय सदस्यमा निर्विरोध भएपछि पार्टी नेताको भूमिकामा आइपुगेका छन्।











