Logo
Logo

ईश्वर पोखरेल पुगे मतदानस्थल


0
Shares

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेल मतदानस्थल भृकुटीमण्डप पुगेका छन् । मध्यान्ह १२ बजेदेखि मतदान कार्यतालिका छ ।

तर, प्रावधिक कारणले समयमै मतदान सुरु हुने सम्भावना कम रहेको एमालेका प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् । उनका अनुसार मतदान तिन बजेपछि मात्रै मतदान सुरु हुन सक्नेछ ।

महाधिवेशन प्रनिनिधिहरू, नेतारकार्यकर्ताहरू भने मतदानस्थल पुगिसकेका छन् । अध्यक्षमा उम्मेदवार पोखरेल पनि मतदानस्थल पुगेका हुन् ।

पोखरेल मतदानस्थल पुग्दा नेतारकार्यकर्ताले उनको पक्षमा नारावाजी समेत गरेका छन् । मतदान हुन ढिलाई हुने देखिएपछि उम्मेदवार तगा प्रतिनिधिहरु आ–आफ्ना पक्षमा भोट माग्न ब्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्