काठमाडौं । नेकपा एमालेको निर्वाचनमा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल समूहले आफ्नो प्यानल टुङ्ग्याएको छ ।

प्यानलको सूचीअनुसार उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंक कार्की, बिन्दा पाण्डे र पर्शुमेघी गुरुङ रहेका छन् ।
यस्तै महासचिवमा सुरेन्द्र पाण्डे तथा उपमहासचिवमा योगेश भट्टराई र वैजनाथ चौधरी रहेका छन् । तीन उपमहासचिव भए पनि उक्त प्यानलमा एक जना कम उपमहासचिवको सूची राखिएको छ ।











