Logo
Logo

रघुजी पन्तलाई ओली पक्षको साथ


1.6k
Shares

काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली प्यानलले उपाध्यक्षमा रघुजीपन्थलाई साथ दिने भएको छ ।

The current image has no alternative text. The file name is: raghu.gif

प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी नदिएपछि ओली प्यालनमा एकजना उपाध्यक्षको कोटा खाली थियो ।

ज्ञवालीले सदस्यमा मात्रै उम्मेदवारी दिएका छन् । महासचिव पदमा प्रमुख दाबेदार गरिरहेका ज्ञवाली असन्तुष्ट बनेका छन् । अध्यक्ष केपी शर्मा ओलीले महासचिवमा शङ्कर पोखरेललाई नै निरन्तरता दिने निर्णय गरेपछि ज्ञवालीले उपाध्यक्ष पद अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका छन् ।

ओली पक्षले मङ्गलवार सार्वजनिक गरेको आफ्नो पक्षका उम्मेदवारको नाममा पन्तलाई राखिएको छ । उनले यसअघि स्वतन्त्र उम्मेदवारी दिका थिए । 

तर, उपाध्यक्षमै उम्मेदवारी दिएका भीम आचार्यलाई भने ओली पक्षले समर्थन गरेको छैन । दुवै प्यानलमा नपरेपछि उनले पनि पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्