काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रियामा ढिलाइ भएको छ ।

केन्द्रीय निर्वाचन आयोगले मङ्गलवार मध्याह्न १२ बजेदेखि मतदानको समय तोकेको थियो । तर यो समय पनि धकेलिएर साँझ ४ बजेदेखि मतदान हुने भनिएको थियो । तर यो समयमा पनि मतदान सुरु हुने नदेखिएको हो ।
उम्मेदवारहरूको प्राविधिक कुराहरूलाई मिलाउनमा ढिलाइ भएकाले मतदान प्रक्रिया ढिलालाई भएको हो ।
अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । उनीहरू प्यानलसहित प्रतिस्पर्धामा छन् । ओली पक्षका केही नेताहरु पदाधिकारीहरूको सूचिलाई लिएर बिच्किएका छन् ।











