काठमाडौं । युएईको आबुधाबीमा जारी आइपीएलको मिनी अक्सनमा अष्ट्रेलियाका क्यामरुन ग्रिनलाई कोलकोता नाइट राइडर्सले २५ करोड २० लाखमा किनेको छ ।

कोलकोताले चेन्नई सुपरकिंग्ससँग अक्सनमा प्रतिष्पर्धा गरेर ग्रीनलाई भित्र्याएको हो । आइपिएलको नियम अनुसार ग्रीनले १८ करोड मात्र पाउने छन् भने त्यो भन्दा बढी रकम भारतीय क्रिकेट कन्ट्रोल बोर्डले खेलाडी कल्याण कोषमा राख्ने छ ।
आज जारी अक्सनको पहिलो चरणमा जेक फ्रेजर-म्याकगर्क, डेभन कोनवे र पृथ्वी शा जस्ता खेलाडीमा कुनै पनि टिमले इच्छा देखाएका छैनन् । यसैबीच, दक्षिण अफ्रिकाका डेभिड मिलरलाई दिल्ली क्यापिटल्सले २ करोड भारुको न्युनतम मुल्यमा किनेको छ ।
यस अक्सनमा १० टोलीको कुल २३७.५५ करोड भारु रकम रहेको छ । आइपीएल अक्सनको इतिहासमा सबैभन्दा महँगो खेलाडी ऋषभ पन्त हुन् । उनलाई गत वर्षको मेगा अक्सनमा लखनऊ सुपर जायन्ट्सले २७ करोड भारुमा किनेको थियो ।











