Logo
Logo

धर्मलाल गिरी र पासाङ शेर्पाको उम्मेदवारी खारेज


1.6k
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका धर्मलाल गिरीको पनि उम्मेदवारी खारेज भएको छ । यससँगै उम्मेदवारी खारेज हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको थियो ।

एमालेको केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार ११ औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएकामध्ये शेर्पा र गिरीको उम्मेदवारी खारेज भएको हो ।

उनका अनुसार ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै एक उपमहासचिवसहित १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उपमहासचिव पदमा उम्मेदवारी दिएका राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएका हुन् ।

भृकुटीमण्डपमा जारी महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने तयारी भइरहेको छ । निर्वाचनमा दुई हजार २६३ जना प्रतिनिधि चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्