Logo
Logo

पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः अध्यक्ष दाहाल


378
Shares

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रिय सभा बैठक बोलाउने तयारी गरिएको बताएका छन्।

मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि समितिको हलको निर्माण कार्य सकिने बित्तिकै सो बैठक बोलाउने गरी आफूले केही दिनभित्र प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने तयारी गरेको समेत बताए। अध्यक्ष दाहालले राष्ट्रिय सभा बैठक बोलाउने कुरामा सरकार असहमत नभएको पनि बताए।

उनले बैठक सञ्चालनका लागि बिजनेसको भने अभाव हुने देखिएको बताए। करिव १० दिनसम्मका लागि विजनेस भएपनि अरु विजनेस नभएको अध्यक्ष दाहालको भनाई थियो।

अध्यक्ष दाहालले भने,‘अलिकति आकार आएपछि प्रधानमन्त्रीसँग गएर कुरा गरेर सदन बोलाउने कुरामा अहिलेसम्म विमति छैन। अब के होला त्यो कार्यान्वयनमा जाला? तर बैठक चाहिँ हामी १०/१२ गतेतिर बस्छौँ। तर अब सरकारसँग विजनेस केही पनि छैन। हामीसँग २/३ वटा विधेयक छन्। कि अब हामीले चलाउने नाममा आयोगका प्रतिवेदनहरु छन्। मन्त्री बोलाउने, छलफल गर्ने, बस्ने एउटा कुरा हो। तर त्यति धैरै विजनेसहरू छैन।’

अध्यक्ष दाहालले राष्ट्रिय सभालाई चलाउनका लागि विजनेशको अभाव हुने अवस्था रहेको बताए।

प्रतिक्रिया दिनुहोस्