Logo
Logo

६ खर्ब डलर नाघ्ने विश्वकै पहिलो व्यक्ति बने एलन मस्क


1.2k
Shares

एजेन्सी । अमेरिकी अर्बपति एलन मस्क करिब ६ खर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्ति हुने विश्वकै पहिलो व्यक्ति बनेका छन् । फोर्ब्सका अनुसार सोमबार मस्कको कुल सम्पत्ति ६ खर्ब डलर नाघेर करिब ६ खर्ब ७७ अर्ब डलर पुगेको छ ।

The current image has no alternative text. The file name is: elon.jpg

मस्कको सम्पत्ति तीव्र रूपमा बढ्नुमा उनको अन्तरिक्ष कम्पनी स्पेसएक्सको मुख्य भूमिका रहेको समाचार संस्था रोयटर्सले जनाएको छ । हाल स्पेसएक्सको मूल्याङ्कन ८ खर्ब अमेरिकी डलर पुगेको छ । मस्कसँग कम्पनीको करिब ४२ प्रतिशत स्वामित्व रहेकाले मूल्याङ्कन बढेसँगै उहाँको सम्पत्तिमा मात्रै १ खर्ब ६८ अर्ब डलर थपिएको उल्लेख गरिएको छ ।

यसअघि गत अक्टोबरमा मस्क ५ खर्ब डलरको सम्पत्ति पार गर्ने पहिलो व्यक्ति बनेका थिए । पछिल्लो उपलब्धिले उनले आफ्नै रेकर्ड तोड्दै नयाँ इतिहास कायम गरेका छन् ।

मस्कको सम्पत्ति वृद्धिमा उनको विद्युतीय कार कम्पनी टेस्लाले पनि योगदान पुर्‍याएको छ । बिक्रीमा केही गिरावट आए पनि यस वर्ष हालसम्म टेस्लाको सेयर मूल्य १३ प्रतिशतले वृद्धि भएको छ । टेस्लामा मस्कको करिब १२ प्रतिशत स्वामित्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस्