काठमाडौं । सरकारद्धारा गठित वार्ता समिति र नागरिक बचाउ अभियानका टोलीबिच वार्ता सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उनीहरुबीच वार्ता भइरहेको हो ।

वार्तामा सरकारकातर्फबाट सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना तथा नागरिक बचाउ अभियानका प्रेमदिप लिम्बु देवीप्रसाद सङ्ग्रौला, प्रेम थापामगर सहभागी छन् । अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले वार्ताको सहजीकरण गरेका हुन् ।
आजको वार्तापछि अभियानका संयोजक दुर्गा प्रसाईँसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने जनाइएको छ ।
सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न केहिदिनअघि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको थियो ।
उक्त समिति अन्तर्गत राजनीतिक दल र विभिन्न पक्षहरूसँग वार्ता गर्न सञ्चारमन्त्री खरेलको संयोजकत्वमा छुट्टै समिति गठन गरिएको थियो । सोही समितिले आज अभियानका टोलीसँग वार्ता गरेको हो ।











