Logo
Logo

एमाले महाधिवेशन : मतदान बुधबार बिहान ८ बजेपछि


0
Shares

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा भोलि बिहान ८ बजेदेखि मात्रै मतदान हुने भएको छ ।

अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र पोखरेलबीच छलफलपछि बेलुका गर्ने भनिएको मतदान सरेको हो ।  

मतदान सरेकोबारे महासचिव शङ्कर पोखरेलले महाधिवेशन प्रतिनिधिलाई जानकारी गराएका हुन् ।

एघारौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल उम्मेदवारी दिएका छन् । 

दुवै नेताले प्यानल नै बनाएका छन् । ओली पक्षबाट शङ्कर पोखरेल र ईश्वर पक्षबाट सुरेन्द्र पाण्डेय महासचिवका उम्मेदवार छन् । 

एमाले केन्द्रीय नेतृत्वका लागि ३ सय १ पदमा साढे ६ सयभन्दा बढी उम्मेदवार छन् । महाधिवेशनमा २ हजार २ सय ६३ मतदाता रहेका छन् ।

विद्युतीय भोटिङ मेसिनबाट मतदान हुने भए पनि धेरै उम्मेदवार रहेकाले मतदान सम्पन्न हुन कम्तीमा १० घण्टा लाग्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस्