Logo
Logo

एमाले महाधिवेशनः मतदानका लागि लाइन बस्न थाले प्रतिनिधि


315
Shares

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । मतदानको सम्पूर्ण तयारी पूरा भएपछि प्रतिनिधिहरु लाइनमा बसेका छन् ।

मतदान विद्युतीय मेसिनबाट हुँदैछ । मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो । बिहान ८ बजेदेखि मतदान सुन हुने भनिएपछि प्रतिनिधिहरु लाइनमा बसेका हुन् ।

विद्युतीय मेसिनहरु मतदानका लागि तयार भइसकेको र आफूहरु मतदान गराउन तयारी अवस्थामा रहेको प्राविधिक लक्ष्मण रिमालले जानकारी दिए । उनका अनुसार मतदान सुरु गर्न प्राविधिक टोली तयार भइसकेको छ ।

मतदानको लागि ८० वटा मेसिन राखिएको छ । मतदानमा कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् । केपी ओली र ईश्वर पोखरेल समूह प्रतिस्पर्धामा छन् । यस महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्