
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । ११औं महाधिवेशन अन्तर्गत अध्यक्षका प्रत्याशी ईश्वर पोखरेल यतिवेला महाधिवेशन स्थल पुगेका छन् ।
उनी अहिले प्रतिनिधिहरुसँग मत मागिरेहका छन् । मतदान बिहान ८ बजेदेखि सुरु हुने बताइए पनि केही ढिलाइ भएको छ । यद्यपि मतदाताहरू लाइन लागेर बसेका छन् । अध्यक्ष केपी शर्मा ओली मतदानस्थल पुगेपछि मतदान सुरु गर्ने तयारी छ ।











