Logo
Logo

ब्रिटिस एयरवेजका प्रमुख कार्यकारी अधिकृतद्वारा राजीनामा


- दृष्टि न्युज/संवाददाता


airplane in flight

लन्डन, २६ असोज (एजेन्सी) । कोरोनाभाइरसका कारण संकटमा परेको बेलायती राष्ट्रिय ध्वजाबाहक विमान सेवा ब्रिटिस एयरवेजका प्रमुख कार्यकारी अधिकृत अलेक्स क्रुजले राजीनामा दिएका छन् । कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा क्रुजले तत्काल लागू हुने गरी राजीनामा दिएको जनाएको छ । तर राजीनामा दिनुको कारण भने बताइएको छैन ।
विगत साढे चार वर्षदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रुपमा सेवा गर्दै आएका क्रुजको स्थानमा अब सिन डोयलले जिम्मेवारी लिने भएका छन् । पछिल्ला दिनहरुमा कोरोनाभाइरसका कारण ब्रिटिस एयरवेजले पर्याप्त उडान भर्न नसकेको तथा यात्रुको संख्यामा व्यापक कमी आएको जनाएको छ । ब्रिटिस एयरवेजको मातृसंस्था आइएजीमा पनि फेरबदल गरिएको छ ।
आइएजीमा नयाँ नियुक्त हुनु भएका प्रमुख कार्यकारी लुइस ग्यालेगोले कोरोनाभाइरसका कारण उत्पन्न संकट सामना गर्न आफूहरु सक्षम हुने विश्वास व्यक्त गरेका छन् । उनले क्रुजको कार्यकालमा ब्रिटिस एयरवेजले निकै प्रगति गरेको र एयरलाइन्सलाई आधुनिकीकरण गर्न ठोस कार्य गर्नु भएको भन्दै प्रशंसा गरेका छन् । ब्रिटिस एयरवेजले यसै वर्ष स्थापनाको एक सय वर्ष मनाउँदैछ ।

प्रतिक्रिया दिनुहोस्