Logo
Logo

१४ हजारमा परीक्षण गर्दा ४ हजार संक्रमित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ असोज ।
कोरोना संक्रमण दर सोमबार ह्वात्तै बढेको छ । करिब १४ हजारमा परीक्षण गर्दा ४ हजार भन्दा धेरैमा संक्रमण भएको छ ।

 


स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार चार हजार ४७ जना संक्रमित थपिएका छन् । १४ हजार ५ सय ३० मा परीक्षण गर्दा यतीमा संक्रमण देखिएको हो । जसअनुसार २७.८५ प्रतिशतमा संक्रमण देखिएको छ, अर्थात् सय जनामा परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको छ ।

नेपालमा कुल संक्रमितको संख्या एक लाख ११ हजार ८ सय २ पुगेको छ । जसमध्ये ३३ हजार ८ सय ८० जना उपचारकै क्रममा छन् ।
७७ हजार २ सय ७७ जना निको भएका छन् भने ज्यान गुमाउनेको संख्या ६ सय ४५ पुगेको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा १८ सय ८८ जना, ललितपुरमा दुई सय ७७ जना र भक्तपुरमा एक सय १८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्