Logo
Logo

एमाले महाधिवेशनमा मतदान सुस्त, ५ घण्टामा ५५५ मत मात्रै खस्यो


756
Shares

काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशन अन्तर्गत जारी निर्वाचनमा मतदानको गति सुस्त देखिएको छ । मतदान सुरु भएको करिब पाँच घण्टामा जम्मा ५५५ मत मात्रै खसेको छ ।

एमाले निर्वाचन आयोगका सचिव कुन्साङ लामाका अनुसार दिउँसो २ः३० बजेसम्म कुल मतदातामध्ये करिब एक चौथाइले मात्र मतदान गरेका छन् । निर्वाचनमा नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ जना मतदाता सहभागी छन् ।

भित्र मतदान प्रक्रिया जारी रहँदा बाहिर भने नयाँ नेतृत्वका आकांक्षी नेताहरू र कार्यकर्ताहरू आ–आफ्नो पक्षमा मत माग्दै प्रचार–प्रसारमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्