Logo
Logo

ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु


378
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग २ ख २०३९ नम्बरको ट्रकले बाप्र ०२-०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

The current image has no alternative text. The file name is: dead-body.jpg

मोटरसाइकलमा सवार नुवाकोट घर भएकी २६ वर्षीया रोशिका न्यौपानेको वयोदा अस्पताल बल्खुमा उपचारका क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए ।

उनले भने, “आज बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार न्यौपाने गम्भीर घाइते हुनुभएको थियो । उनको आज उपचारका क्रममा मृत्यु भएको हो ।”

यसैगरी उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको वयोदा अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्