Logo
Logo

खगेन्द्र र रुद्रकली लिन भैरहवा आइपुग्यो जहाज


630
Shares

काठमाडौं । नेपाल सरकारले उपहारस्वरूप प्रदान गर्न लागेको दुई वटा हात्ती लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

The current image has no alternative text. The file name is: pokhara-airport.gif

कतार एयरवेजको उडान नम्बर क्यूआर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाज खगेन्द्रप्रसाद र रुद्रकली हात्ती लिन भैरहवा आइपुगेको हो । ती हात्तीहरू मंगलबार नै चितवनबाट भैरहवा पुर्‍याइसकिएको छ ।

यसअघि मौसमका कारण बिहान भैरहवामा अवतरण गर्न नसकेपछि जहाज भारतको कोलकाता डाइभर्ट गरिएको थियो । कोलकाताबाट पुनः भैरहवा आएको जहाज भैरहवाबाट उडान भरेको करिब ४ घण्टामा कतार पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्