काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगले आगामी साता राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर जाँचबुझको प्रगतिबारे जानकारी गराउँदै आगामी कार्ययोजना सुनाएका हुन् । भेटमा उनले आयोगको म्याद एक महिना थप गर्न आग्रहसमेत गरेका छन् ।
यसअघि मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझका लागि आयोगको कार्यादेश विस्तार गर्ने निर्णय गरेको थियो ।











