Logo
Logo

ललितपुर महानगरले १०७औँ स्थापना दिवस मनायो


252
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो १०७औँ स्थापना दिवस मनाएको छ । प्रधानमन्त्री सुशीला कार्कीसहित उच्च पदस्थ व्यक्तिहरूको सहभागितामा विशेष समारोहको आयोजना गरिएको थियो ।

The current image has no alternative text. The file name is: lalitpur-mahanagar-1.jpg

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरियो र महानगरले केही व्यक्तिहरूलाई सम्मान पनि प्रदान गर्यो ।

प्रधानमन्त्री कार्कीले कार्यक्रममा बोल्दै ललितपुर मात्र उमेरले जेठो नभई कलात्मक सम्पदामा पनि जेठो शहर भएको बताइन । उनले पाटनलाई नेपाली सभ्यता र सौन्दर्यको जीवित सङ्ग्रहालयको रूपमा चित्रण गर्दै हरेक वास्तु सम्पदामा देवत्वको झल्को पाइने बताए ।

पुर्खाहरूले छाडेर गएका सम्पदामा श्रद्धा, साधना र संस्कृतिका सजीव अभिव्यक्ति रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले ललितपुरका मन्दिर, विहार र ढुङ्गेधारामा विश्वास र आस्थाको मिश्रण रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्