Logo
Logo

सिआईबीको सफलताः ५० करोडको अर्काको जग्गा बेच्न ५० लाख बैना लिने राणा पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ असोज ।
नक्कली नागरिकता बनाई अर्काको नामको करिब ५० करोडको घर जग्गा बिक्रि गर्न खोज्ने ललितपुरका केवल प्रताप जंग राणा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले उनलाई पक्राउ गरेको हो । वीरगञ्ज नगरपालिका ५ स्थित पाँच कठ्ठा १५ धुर, नौ कन्चा जग्गा र त्यसमा भनेको घर आफ्नो भएको भन्दै बिक्रिका लागि ५० लाख रुपैयाँ लिइसकेका लिए ।


सो जग्गा गोपालराज भण्डारी र कमलाराज भण्डारीको रहेकोमा उनीहरुको मृत्यु भएको र आफु उनीहरुको छोरा भएको भन्दै उनले नक्कली कागजपत्र पेश गरेर ठग्ने प्रयास गरेका थिए । जग्गाधनीको आफु हकवाला भएको विश्वासमा पार्न उनले मुकेश राजभण्डारीको नाममा नक्कली नागरिकता बनाएको प्रहरीले जनाएको छ । सिआईबीले उनलाई पर्सा प्रहरीमा बुझाएको छ ।
सो जग्गा बैंकमा धितो राखी ऋण लिएर उनले ठग्ने योजना बनाएको प्रहरीले जनाएको छ । राणा एटिएम ठगी लगायत विभिन्न अपराधमा विगतमा तीन पटक पक्राउ परिसकेको व्यक्ति भएको सिआईबीका डिआईजी सहुकल थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्