Logo
Logo

जेनजी आन्दोलन जाँचबुझ आयोगले म्याद एक महिना थप्न सरकारलाई आग्रह


378
Shares

काठमाडौं । गत भदौ २३-२४ मा भएका जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित आयोगले म्याद एक महिना थप्न सरकारलाई बुधबार आग्रह गरेको छ ।

The current image has no alternative text. The file name is: pp.jpg

सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आयोगका पदाधिकारीहरूले म्याद विस्तारको आवश्यकता बारे जानकारी दिएका हुन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठन भएको आयोगको सुरुमा तीन महिनाको म्याद तोकिएको थियो । तर बयान संकलनको काम अझै जारी रहेकाले थप समय आवश्यक भएको बताइएको छ ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार, “काम पूरा गर्न समय अपुग भएकाले म्याद एक महिना थप गर्न प्रधानमन्त्री समक्ष अनुरोध गरिएको हो ।” प्रधानमन्त्री कार्कीले समय थप गर्ने जानकारी दिए ।

साथै, आयोगले अर्को साता पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री र अन्य राजनीतिक नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको पनि जानकारी दिइएको छ । यसअघि आयोगले सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान संकलन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्