Logo
Logo

एमाले महाधिवेशनः मतदानको समय तीन घण्टा थपियो


1k
Shares

काठमाडौं । नेकपा नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत भइरहेको मतदानको समय तीन घण्टा थपिएको छ।

साँझ ५ बजेसम्म मतदानस्थलभित्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने व्यवस्था भएकोमा तीन घण्टा थपिएको महासचिवका प्रत्यासी शंकर पोखरेलले जनाएका छन् । निर्वाचनमा नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ जना मतदाता सहभागी छन् ।

भित्र मतदान प्रक्रिया जारी रहँदा बाहिर भने नयाँ नेतृत्वका आकांक्षी नेताहरू र कार्यकर्ताहरू आ–आफ्नो पक्षमा मत माग्दै प्रचार–प्रसारमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्