Logo
Logo

यू–१९ एशिया कपमा नेपालको लगातार तेस्रो हार


504
Shares

काठमाडौं । एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ। समूह चरणको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भयो ।

The current image has no alternative text. The file name is: u-19-3.jpg

नेपालले दिएको १२५ रनको लक्ष्य अफगानिस्तानले २६ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । अफगानिस्तानका उजैरुल्लाह नियाजाईले ६१ रन बनाए । नेपालका अभिषेक तिवारीले २ विकेट लिए ।

यसअघि दुबईको द सेभेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले ४६ ओभर ४ बलमा सबै विकेट गुमाएर १२४ रन बनायो । नेपालका दिलसाद अलीले ३२, चन्दन रामले २७ र अभिषेक तिवारीले २० रन योगदान दिए । अफगानिस्तानका जैतुल्लाह शाहीनले ३ विकेट लिए ।

नेपाल र अफगानिस्तान दुवै यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए । नेपालले समूह चरणको पहिलो खेलमा श्रीलङ्कासँग ८ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग ७ विकेटले हार भोगेको थियो ।

आठ टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश सेमिफाइनलमा पुगेका छन् । फाइनल खेल आउँदो सोमवार, पुस ६ गते हुने छ ।

प्रतिक्रिया दिनुहोस्