Logo
Logo

कांग्रेस–कम्युनिस्टप्रति जनतामा वितृष्णा बढ्दै: कमल थापा


315
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेनजी युवाहरूको आन्दोलनको अधुरो काम पूरा गर्ने जिम्मेवारी अब राष्ट्रवादी शक्तिहरूमा आएको बताएका छन् ।

The current image has no alternative text. The file name is: kamal-thapa.jpg

थापाका अनुसार अहिले जनतामा कांग्रेस र कम्युनिस्टप्रति तीव्र वितृष्णा र घृणा बढिरहेको छ र जनताले विकल्प खोजिरहेका छन् । यस विकल्प हुन सक्ने क्षमता वर्तमानमा मात्र राष्ट्रवादी शक्तिहरूमा रहेको उनले बताए ।

राप्रपा नेपाल आबद्ध पूर्व प्रहरी परिषद्को भेलालाई सम्बोधन गर्दै थापाले राष्ट्रवादी शक्तिहरूको एकता अहिलेको आवश्यकताञ्च भइसकेको उल्लेख गरे । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीचको एकता सकारात्मक रूपमा अघि बढिरहेको र चाँडै टुङ्गिने आशा व्यक्त गरे ।

थापाले जोड दिँदै भने, “हामीबीच कुनै विवाद बाँकी छैन । एकता ढिलो भएकोमा कार्यकर्ता र शुभचिन्तकमा चिन्ता देखिन्छ, तर म आशावादी छु, यो प्रक्रिया छिट्टै टुङ्गिन्छ । राष्ट्रवादी शक्तिहरू एक भए सबैभन्दा ठूलो शक्ति हामी हुनेछौं।”

प्रतिक्रिया दिनुहोस्