Logo
Logo

पूर्वसचिव कार्कीसहित चार जनाविरुद्ध पाँच अर्ब २५ करोड बिगोको मुद्दा दायर


1.3k
Shares

काठमाडौँ । नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा प्रकरणमा तीन जना र एक कम्पनीविरुद्ध बुधबार ठगी मुद्दा दर्ता भएको छ । मुद्दामा पाँच अर्ब २५ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरिएको छ।

The current image has no alternative text. The file name is: thagi.jpg

प्रतिवादीमा तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङ प्रालि परेका छन् । उनीहरूले नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड रुपैयाँ दिने प्रस्ताव स्वीकृत गरेको भए पनि १ अर्ब ५९ करोडमै सम्झौता गरेको खुलेको छ ।

सीआईबीको अनुसन्धानले सम्झौता नियम अनुसार नभएको र ठगी भएको निष्कर्ष निकालेपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

सम्झौताअनुसार २०७४ जेठ १४ गते भाडा र निर्माण खर्च मिलाएर कुल १ अर्ब ५९ करोड ४० लाख रुपैयाँमा सम्झौता भएको पाइएको छ । जग्गा ३० वर्षका लागि लिजमा दिइएको थियो, जसको निर्माण अवधि ३ वर्ष राखिएको थियो ।

मुद्दा दर्ता भएसँगै तीन जनालाई पाँच वर्ष कैद सजाय माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्