Logo
Logo

झुटा विवरण पेश गरेर नागरिकता, राहदानी लिने ३ जना पक्राउ


504
Shares

काठमाडौं । झुटा विवरण पेश गरेर नागरिकता, राहदानीलगायतका सरकारी कागजात लिएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का ४३ वर्षीय यमबहादुर बस्नेत, झापाको कचनकलब गाउँपालिका–३ का ५१ वर्षीय कृष्णबहादुर कटुवाल, झापाकै भद्रपुर नगरपालिका–९ का ४१ वर्षीय सूर्यबहादुर खड्का छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध लिखत कीर्तेको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्