Logo
Logo

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक


882
Shares

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । १ हजार ६ सय ६२ मत पाएर उनी तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् । ओली यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि अध्यक्षमै निर्वाचित भएका थिए ।

निर्वाचन आयोगका अनुसार ओलीले १ हजार ६ सय ६२ मत पाउँदा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । यद्यपी मतगणनाको औपचारिक घोषणा भने हुन बाँकी छ ।

मंसिर २७ देखि सुरु भएको ११ औं महाधिवेशनमा ओली र पोखरेल पक्ष छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । यस महाधिवेशनले ३०१ केन्द्रीय कमिटी चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्