काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित महासचिव शङ्कर पोखरेलले पार्टी प्रतिगमनविरुद्ध एक ढिक्का भएर अघि बढ्ने बताएका छन् ।

केहीबेरअघि अन्तिम मतपरिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लगातार दोस्रो कार्यकाल महासचिव बनेका पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले भने, ‘अहिलेको प्रतिगमनविरुद्ध एमाले एक ढिक्का भएर अगाडि बढ्छ ।’ पोखरेलले सुरेन्द्र पाण्डेलाई पराजित गरेका हुन् । नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोखरेलले १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् ।











