Logo
Logo

विजयी बन्न नसके पनि एमालेको अभियानमा निरन्तर रहने छु : ईश्वर पोखरेल


1.3k
Shares

काठमाडौं । नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा पराजित ईश्वर पोखरेलले पार्टीमा आफू विजयी बन्न नसके पनि एमालेको अभियानमा आफ्नो सहभागिता र संलग्नता निरन्तर रहने बताएका छन् ।

The current image has no alternative text. The file name is: ishwor.jpg

महाधिवेशन सम्पन्न भएपछि बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै पोखरेलले निर्वाचित सम्पूर्ण पदाधिकारी, केन्द्रीय कमिटी सदस्य तथा केन्द्रीय निकायमा निर्वाचित सबैलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । साथै, उनले महाधिवेशन सफल बनाउन योगदान पुर्‍याउने प्रतिनिधि तथा मतदाता प्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गरेका छन् ।

पोखरेलले महाधिवेशनका क्रममा उठाइएका विषयहरूले आगामी दिनमा पनि पार्टीभित्र बहस र छलफलको नयाँ स्तर कायम राख्ने विश्वास व्यक्त गरेका छन् ।

पोखरेलले देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा आफ्नो सक्रियता अटुट रहने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्