Logo
Logo

रास्वपामा समानुपातिक उम्मेदवारी आवेदन ३२५ पुग्यो


567
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ ३२५ जनाबाट उम्मेदवारी आवेदन प्राप्त गरेको छ । मंसिर मसान्तसम्म प्राप्त आवेदनको विवरण पार्टीले सार्वजनिक गरेको हो ।

The current image has no alternative text. The file name is: raswopa-raswapa-office.jpg

पुस १ र २ गते बसेको पार्टी सचिवालय बैठकले प्राप्त आवेदकहरूको सूची सार्वजनिक गर्दै आगामी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । रास्वपाले पुस १४ गते समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने जनाएको छ ।

समानुपातिकतर्फ उम्मेदवारी आवेदन नदिएका केन्द्रीय समितिका सदस्यहरूलाई सातै प्रदेशमा छलफल सहजीकरणका लागि सहजकर्ताको जिम्मेवारी दिइएको छ । पुस ५ गते आवेदकहरूलाई प्रदेशस्तरीय छलफलका लागि आमन्त्रण गरिएको छ ।

यसैबीच समानुपातिकतर्फ आवेदन दिएका सदस्यहरूले प्रत्यक्षतर्फ उम्मेदवारी दिन चाहेमा पुस ५ गते साँझ ५ बजेसम्म थप शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, स्थानीय, प्रदेश र संघीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका तथा निर्वाचित जनप्रतिनिधिसँग समन्वय गर्न ‘स्वतन्त्र जनप्रतिनिधि समन्वय कार्यदल’ गठन गरिएको छ, जसको संयोजक केन्द्रीय सदस्य विष्णु कुमार श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्